NIMB Long Banner Ad

अक्टोबरमा नेपाल भित्रिए १ लाख ३२ हजारभन्दा बढी पर्यटक

667
shares

काठमाण्डौ । अघिल्लो महिना अक्टोबरमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३।४ प्रतिशत बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा सबैभन्दा धेरै १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल आएका छन् । त्यस्तै चीनबाट ११ हजार ६९५ र भारतबाट १२ हजार ९७ पर्यटक आएका छन् ।

गत वर्षको अक्टोबरमा १ लाख २८ हजार ४०० पर्यटक नेपाल आएका थिए । विभिन्न क्षेत्रमा विपद्का घटना भए पनि पर्यटक आगमनमा कमी नआएको बोर्डले जनाएको छ ।