NIMB Long Banner Ad

फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय नागरिकको मृत्यु, तीन घाइते

184
shares

काठमाण्डौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा भारतको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा न्युजिल्यान्डका ४९ वर्षीय सेलिशकुमार पटेल तथा दुवै हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति र प्रजल केसी रहेका छन् ।

घाइते पटेल र प्रजापतिलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ भने पाइलट केसीको लुक्लास्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।