नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १७:१२
414
shares
shares

काठमाण्डौ । अघिल्लो दिन दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक ६.६२ अङ्कले घटेर २ हजार ६६४.१३ विन्दुमा झरेको छ ।
आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहबाहेक सबै समूहको शेयर बढेको छ । होटल तथा पर्यटन समूहमा १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ ।
आज १४३ कम्पनीको शेयर मूल्य बढ्दा १२२ वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । शिखर पावरको शेयर झन्डै ६ प्रतिशतले बढ्दा बेनी हाइड्रोपावरको ५ प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज ३४९ कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । अघिल्लो दिन ७ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।





















