NIMB Long Banner Ad

सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, चाँदी घट्यो

667
shares

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।