रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर विजयी, जनकपुर २ रनले पराजित
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १६:४९
391
shares
shares

काठमाडौँ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । जनकपुरका सैफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
विराटनगरका रसेलले अविजित ५२ रन बनाउनुका साथै ४ विकेट लिए । इमरान शेखले ५६ र लोकेश बमले ५० रन बनाएपछि विराटनगरले १७४ रन बनाएको थियो ।
जितसँगै विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । समान चार अङ्क रहेको जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ ।




















