विवादमा तानिएका न्यायाधीश फुयाल तिहारपछि मात्रै सर्वोच्च फर्किने
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १३:३९
621
shares
shares

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने भएका छन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका छन् । तिहार बिदापछि आगामी कात्तिक ३० गते अदालत हाजिर हुनेछन् ।
होटल हिमालयमा उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो । यसबारे उनले विचाराधीन मुद्दामा कुनै असर नपरेको स्पष्टीकरण दिएका थिए ।

















