सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १०:४१
1.2K
shares
shares

सोलुखुम्बु, कात्तिक १७ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
घाइते यात्रुलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला ल्याइएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















