वि.सं. २०८३ कार्तिक १७ गते मंगलवार (तदनुसार ३ नोभेम्वर २०२६) को राशिफल
अष्लेषा नक्षत्रमा जन्मने व्यक्तिहरू सामान्यतया तीखो बुद्धि, गहिरो विचार र कुशाग्र स्मरणशक्तिका धनी हुन्छन्। उनीहरूसँग उत्कृष्ट प्रतिवाद क्षमता र नेतृत्व गर्ने गुण हुन्छ। बुधको प्रभाव रहने हुनाले यी व्यक्तिहरू व्यवस्थापन, लेखन, पत्रकारिता, व्यापार, परामर्श (कन्सल्टेन्सी), वा गुप्तचरी/अनुसन्धान क्षेत्रमा बढी सफल मानिन्छन्।
वि.सं.२०८३ कात्तिक १७ मंगलवार ०६:०९
shares

श्रीशाके १९४८ वि.सं. २०८३ कार्तिक १७ गते मंगलवार (तदनुसार ३ नोभेम्वर २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष नवमी तिथि, अष्लेषा नक्षत्र,आनन्द योगा तथा चन्द्रमा कर्कट राशिमा विहान ७ः४८ सम्म त्यसपछि सिंह राशिमा हुनेछ । अष्लेषा २७ वटा नक्षत्रहरूमध्ये नवौँ नक्षत्र हो। यसको अधिपति ग्रह बुध हुन् भने यस नक्षत्रका चारै चरणहरू कर्कट राशिमा पर्दछन्। यस नक्षत्र अन्तर्गत जन्मने व्यक्तिहरूमा पाइने मुख्य विशेषताहरू यस प्रकार छन्:
अष्लेषा नक्षत्रमा जन्मने व्यक्तिहरू सामान्यतया तीखो बुद्धि, गहिरो विचार र कुशाग्र स्मरणशक्तिका धनी हुन्छन्। उनीहरूसँग उत्कृष्ट प्रतिवाद क्षमता र नेतृत्व गर्ने गुण हुन्छ।
बुधको प्रभाव रहने हुनाले यी व्यक्तिहरू व्यवस्थापन, लेखन, पत्रकारिता, व्यापार, परामर्श (कन्सल्टेन्सी), वा गुप्तचरी/अनुसन्धान क्षेत्रमा बढी सफल मानिन्छन्। यी व्यक्तिहरूले आफ्नो कुरा अरूलाई बुझाउन र आफ्नो प्रभाव जमाउन सक्ने विशेष क्षमता राख्छन्।
चन्द्रमा चौथो भाव (कर्कट) मा रहने भएकाले पारिवारिक विषयमा केही तनाव वा मतभेद हुन सक्छ। आमाको स्वास्थ्यको ख्याल राख्नुहोला। सवारी साधन चलाउँदा वा भूमि-सम्बन्धी काम गर्दा धैर्य र सावधानी अपनाउनु हितकर हुनेछ।
तेस्रो भावमा चन्द्रमाको उपस्थितिले तपाईंमा आँट, साहस र पराक्रम वृद्धि गर्नेछ। दाजुभाइ तथा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। छोटो दूरीको यात्रा लाभदायक रहनेछ भने रोकिएका कामहरू बन्नेछन्।
वैदेशिक क्षेत्र वा टाढाको यात्राबाट फाइदा पुग्नेछ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने भएकाले सजग रहनुहोला।
चन्द्रमा तपाईँकै राशिमा रहेकाले मानसिक प्रसन्नता रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मित्रवर्ग तथा दाजुभाइबाट पूर्ण सहयोग मिल्नेछ र समाजमा मान-सम्मान प्राप्त हुनेछ।
कार्यक्षेत्रमा जिम्मेवारी र व्यस्तता बढ्न सक्छ। उच्च पदस्थ व्यक्तिको सल्लाह उपयोगी साबित हुनेछ। व्यापारिक क्षेत्रमा उन्नति तथा प्रगति हुनेछ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि बौद्धिक क्षमता र अध्ययन-अध्यापनमा प्रगति हुने राम्रो समय छ।
स्वास्थ्यमा केही समस्या वा आलस्यता देखा पर्न सक्ने भएकाले खानपान र खानतर्सामा सावधानी अपनाउनुहोला। गोपनियतामा ध्यान दिनुहोस् र विवादबाट टाढा रहनुहोस्।
साझेदारी कार्य तथा दाम्पत्य जीवनमा सुखद अनुभूति हुनेछ। नयाँ व्यवसायिक सम्झौता वा सहकार्यको योग छ। सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ।
प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पुराना ऋण, रोग वा विवादित समस्याहरूबाट राहत मिल्नेछ। काम गर्ने जोस, जाँगर र ऊर्जा उच्च रहनेछ।
बौद्धिक क्षमताको कदर हुनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। सिर्जनात्मक कार्य, कला तथा प्रेम सम्बन्धका लागि उत्तम दिन रहेको छ।
भौतिक सम्पत्ति, सवारी साधन तथा घरायसी सुख-सुविधामा ध्यान जानेछ। आमा वा घरपरिवारको सहयोगले रोकिएका कामहरू सुचारु हुनेछन्।
पराक्रम र पुरुषार्थमा वृद्धि हुनेछ। छोटो तथा लाभदायक यात्राको योग छ। छिमेकी, दाजुभाइ वा साथीभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959




























