NIMB Long Banner Ad

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

598
shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा ७६ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । प्रतिवादी बनाइएका ९४ जनामध्ये ५३ जना जग्गा जफत प्रयोजनका लागि विपक्षी बनाइएको अख्तियारले जनाएको छ ।