NIMB Long Banner Ad

भाइटीकाको शुभसाइत बिहान ११:०७ मा

यसवर्षको भाइटीकाको शुभ साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। कात्तिक २० गतेदेखि सुरु हुने यमपञ्चक कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीकासँगै सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो । समितिले भाइटीकामा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।

1.77K
shares

१७ कात्तिक काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।यसवर्षको भाइटीकाको शुभ साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। कात्तिक २० गतेदेखि सुरु हुने यमपञ्चक कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीकासँगै सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो ।
समितिले भाइटीकामा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।
कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका लगाएपछि यस वर्षको तिहार पर्व सकिने भएको छ ।