NIMB Long Banner Ad

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकार गर्ने

483
shares

काठमाडौँ । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेलले जानकारी दिनुभयो ।

बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद शेयर लगानी गर्ने, नानो फर्टिलाइजर र बायोस्टिमुलेन्टलाई मलसम्बन्धी आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, मोही लागेको जग्गा बाँडफाँटको समयसीमा थप गर्ने र तुर्किएको आन्ताल्यामा हुने जलवायु सम्मेलन (कोप–३१)मा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ ।

बैठकले प्रेस काउन्सिल ऐन संशोधनसहित केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।