आईजीपी दानबहादुर कार्की पदमुक्त, मनोजकुमार केसी नयाँ प्रहरी महानिरिक्षक नियुक्त
वि.सं.२०८३ कात्तिक १८ बुधवार १४:३२
shares

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिएका छन्।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
यसअघि पनि सरकारले कार्कीलाई हटाउन लागेको चर्चा सार्वजनिक भएको थियो। सोही क्रममा कार्कीले गत कात्तिक २७ गतेदेखि आईजीपीको कार्यभार सम्हालेका थिए।
सरकारले प्रहरी प्रमुख हटाउन खोजेको चर्चा चलिरहेका बेला कार्कीले आकस्मिक रूपमा उच्च प्रहरी अधिकारीहरूको बैठक बोलाएका थिए। बैठकपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध गतिविधि गर्न खोज्नेहरूमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो।















