NIMB Long Banner Ad

इनम प्रकरणमा जवाफ खोज्दै विपक्षी, समिति बैठक बोलाउन माग

667
shares

काठमाडौं । प्रतिपक्षी दलहरूले इनम सापकोटा प्रकरणबारे छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोलाउन माग गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै तत्काल बैठक राख्न माग गरेका हुन्।

दुलालले प्रहरी हिरासतमा रहेका सापकोटाको भनिएको अडिओ कसरी सार्वजनिक भयो र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको फेसबुक स्टाटसको आधार के हो भन्नेबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक ९आईजीपी० सँग जवाफ माग्नुपर्ने बताएका छन्।

त्यस्तै, शाहीले आईजीपी र सरकारबीचको तिक्तता, पत्रकार पक्राउ तथा प्रधानमन्त्रीका सल्लाहकारको निवासमा हिरासतमा रहेका व्यक्तिको मोबाइल भेटिएको विषय गम्भीर भएकाले छलफल आवश्यक रहेको बताएका छन्।

विपक्षी दलहरूले घटनाको छानबिन र सरकारलाई जवाफदेही बनाउन समिति बैठकसँगै तत्काल संसद् अधिवेशन आह्वान गर्नसमेत माग गरेका छन्।