सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी घट्यो
वि.सं.२०८३ कात्तिक १८ बुधवार ११:५९
483
shares
shares

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।
मङ्गलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ र चाँदी ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।















