NIMB Long Banner Ad

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

368
shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा दुई देशबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा मन्त्री खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका थिए ।