NIMB Long Banner Ad

कर्णाली याक्सका लागि खेल्न डेभिड मिलर नेपाल आइपुगे

690
shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।

कर्णाली याक्सले यस सिजनका लागि विदेशी खेलाडीका रूपमा ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको हो । आक्रामक ब्याटिङका लागि परिचित मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय र १८० एकदिवसीय खेल खेलिसकेका छन् ।

समग्र टी–२० क्रिकेटमा ५८४ खेल खेलेका उनले १२ हजार ४३५ रन बनाएका छन् । उनले आइपिएलमा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबाट समेत खेलिसकेका छन् ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।