NIMB Long Banner Ad

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

391
shares

धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त जिपमा १२ देखि १५ जनासम्म सवार रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना पाएपछि प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको छ ।

प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।