NIMB Long Banner Ad

कार्कीलाई हटाइएको होइन, नयाँ जिम्मेवारी दिइएको हो

782
shares

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरिएको स्पष्ट पारेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। उनको स्थानमा एआईजी मनोज केसीलाई जिम्मेवारी दिइएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा सल्लाह र सुझाव दिन नयाँ पद सिर्जना गरिएको बताए।

पत्रकारको प्रश्नमा उनले कार्कीलाई हटाउने निर्णय कारबाही नभई जिम्मेवारी फेरबदल मात्र भएको स्पष्ट पारे।