NIMB Long Banner Ad

अल्जाइमर्स र डिमेन्सियाको प्रारम्भिक पहिचानमा जोड दिन मन्त्री बादीको आग्रह

689
shares

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा ध्यान दिन आग्रह गर्नुभएको छ।

विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाँदा अल्जाइमर्स तथा डिमेन्सियाको चुनौती पनि बढ्दै गएको बताउनुभएको हो। उहाँले स्वस्थ जीवनशैली, उचित खानपान र समयमै उपचारसँगै प्रभावित व्यक्तिलाई विभेद नगरी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ।

मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सुरक्षा थप संवेदनशील हुने भन्दै रसुवाको भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा मन्त्रालयले सरोकारवालासँग समन्वय गर्ने बताउनुभएको छ।