NIMB Long Banner Ad

बलिउड अभिनेता नाना पाटेकरको हृदयघातका कारण निधन

759
shares

काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउलाको आफ्नै घरमा हृदयघातका कारण उनको निधन भएको हो।

सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लास्थित मुरुडमा जन्मिएका पाटेकरले सन् १९७८ मा मराठी फिल्म ‘गदद जाली’ र हिन्दी फिल्म ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका थिए।

‘परिंदा’, ‘क्रान्तिवीर’, ‘खामोशी’, ‘अग्निसाक्षी’, ‘यशवंत’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘राजनीति’ तथा मराठी फिल्म ‘नटसम्राट’ लगायतका फिल्मबाट उनले लोकप्रियता हासिल गरेका थिए। अभिनयमा मौलिक शैलीका कारण उनी बलिउडमा परिचित थिए।

उनको परिवारमा पत्नी नीलकान्ति पाटेकर र छोरा मल्हार पाटेकर छन्।