NIMB Long Banner Ad

विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न मन्त्री श्रेष्ठको अपिल

1.73K
shares

काठमाडौं, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न नागरिकलाई अपिल गर्नुभएको छ।

उहाँका अनुसार अझै ७३ प्रतिशत नागरिक काउन्टरमै पुगेर महसुल तिर्ने गरेका छन्। ६५५ वटा काउन्टर सञ्चालनमा वार्षिक ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने भन्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीले समय, खर्च र स्रोत बचत हुने बताउनुभएको छ।

उहाँले डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई सिकाउन आग्रह गर्दै सम्भव भएसम्म आजैदेखि विद्युत महसुल डिजिटल माध्यमबाट तिर्न सहयोग गर्न अपिल गर्नुभएको छ।