NIMB Long Banner Ad

नेप्से सामान्य बढ्यो, ३ अर्ब ९३ करोडको कारोबार

644
shares

काठमाडौँ, असोज २२ गते । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २.३१ अङ्कले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले बढेर ४६२.०४ विन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये आठको सूचक बढ्दा पाँचको घटेको छ ।

एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । १४० कम्पनीको शेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ११ कम्पनी स्थिर रहे।