NIMB Long Banner Ad

बाजुरामा ४.१ रेक्टरको भूकम्प

782
shares

बाजुरा, असोज २२ गते । बाजुरामा बुधबार राति ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार बूढीगङ्गा नगरपालिका–१० को साविक बाह्रबिसलाई केन्द्रबिन्दु बनाएर राति ९ः३७ बजे भूकम्प गएको हो।

भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानमा महसुस भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रका कार्यालय प्रमुख चिन्तामणि तिमिल्सेनाले बताउनुभयो।