कांग्रेसको मतदान समय फेरि सारियो, अब दिउँसो १ बजे
वि.सं.२०८३ असोज २२ बिहीवार १०:१७
414
shares
shares

काठमाडौँ, असोज २२ गते । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको समय फेरि सारिएको छ। अब मतदान दिउँसो १ बजेबाट हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार निर्वाचनको तयारी पूरा नभएकाले समय सारिएको हो। यसअघि बिहान ७ बजेका लागि तोकिएको मतदान वर्षा तथा प्राविधिक कारणले १० बजे सारिएको थियो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।














