विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा K and K कलेजमा पोस्टर प्रस्तुति हुने
वि.सं.२०८३ असोज २२ बिहीवार १९:०९
shares

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा K and K कलेजमा पोस्टर प्रस्तुति हुने
असोज २२ काठमाडौं । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा K and K International College को मनोविज्ञान विभागले मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
Mental Health Awareness Through Poster Presentation शीर्षकमा हुने कार्यक्रमको यस वर्षको नारा ” Lived experiences heard: real voices, real change जीवन्त अनुभवको सुनुवाई :
वास्तविक आवाज, वास्तविक परिवर्तनलरहेको छ।
कार्यक्रम आगामी अक्टोबर १० सन् २०२६ (असोज २४ गते) बिहान १०:३० बजे K and K International College को Zen Hall मा हुनेछ।
उक्त कार्यक्रम MA Psychology दोस्रो सेमेस्टर, मनोविज्ञान विभाग र K and K International College द्वारा आयोजना गरिएको हो। कार्यक्रमको मिडिया पार्टनरको रुपमा APS group pvt.ltd. द्वारा संचालित APS Nepal TV रहेको छ।
कार्यक्रममा पोस्टर प्रस्तुतिमार्फत मानसिक स्वास्थ्य सम्बन्धी वास्तविक अनुभव, चुनौती र समाधानका विषयमा छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूले बनाएका सचेतनामूलक पोस्टरहरू प्रदर्शनी गरिनेछ।
मानसिक स्वास्थ्य प्रति समाजमा रहेको भ्रम चिर्न र खुला संवाद स्थापित गर्न कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।














