NIMB Long Banner Ad

२०८३ असोज २३गते शुक्रबार तदनुसार ९ अक्टोबर सन् २०२६ को राशिफल

989
shares

२०८३ असोज २३गते शुक्रबार तदनुसार ९ अक्टोबर सन् २०२६,असोज कृष्ण पितृपक्ष चतुर्दशी तिथि – राति ०९:३६ PM सम्म, त्यसपछि औंसी, नक्षत्र: उत्तर फाल्गुनी – राति ०९:१९ PM सम्म, त्यसपछि हस्ता,योग: ब्रह्म,राति ११:२१ PM सम्म,करण: विष्टि / भद्रा बिहान ०९:५३ AM सम्म, त्यसपछि शकुनी,चन्द्रराशि:कन्या,सूर्य राशि: कन्या,आज चतुर्दशी श्राद्ध तथा बिश्व हुलाक दिवस ।आजको राहुकाल १०:४० AM – १२:०८ PM – यो समयमा नयाँ काम नथाल्नु नै राम्रो हुनेछ ।

image

स्वास्थ्यमा ध्यान दिनुपर्ने दिन। शत्रुहरू पराजित हुनेछन्। ऋण, रोग, झगडाबाट मुक्ति मिल्ने। काममा व्यस्तता बढ्ला तर फल बेलुका मिल्नेछ।

image

प्रेम, अध्ययन र सन्तान पक्ष शुभ। बौद्धिक काममा सफलता। विद्यार्थीका लागि राम्रो। मन प्रसन्न रहनेछ, तर शेयरमा हतार नगर्नुहोला ।

image

घरमा केही असमझदारी हुन सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोस्। जग्गा-जमिनको काम बेलुका गर्नु राम्रो। मानसिक तनाव कम गर्न योगा र ध्यान गर्नु राम्रो हुनेछ ।

image

आँट र पराक्रम बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। छोटो यात्रा हुन सक्छ। लेखन, मिडिया, बोल्ने काममा सफलता मिल्नेछ।

image

बोलीले काम बन्ने दिन। धन आर्जनको योग छ। परिवारमा मांगलिक छलफल हुन सक्छ। खानपानमा नियन्त्रण राख्नुहोस्।

image

तपाईंको राशिमा चन्द्रमा भएकाले दिन तपाईंको पक्षमा छ। आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी गर्न अभिजित मुहूर्त उत्तम। व्यक्तित्वमा निखार आउनेछ।

image

खर्च बढ्ने दिन। विदेश सम्बन्धी काम बन्नेछ। अनावश्यक दौडधुप हुन सक्छ। गोप्य कुरा बाहिर नल्याउनु। बेलुका आराम मिल्नेछ।

image

आय आर्जन बढ्नेछ। ठूलो इच्छा पूरा हुने संकेत। साथीभाइ, सामाजिक सञ्जालबाट लाभ। व्यापारमा नयाँ ग्राहक थपिनेछन्।

image

कर्म क्षेत्रमा सफलता। पद, प्रतिष्ठा बढ्ने। हाकिमसँग सम्बन्ध राम्रो हुनेछ। पिताको आशीर्वादले काम बन्नेछ। यात्रामा परिनेछ ।

image

भाग्यले साथ दिनेछ। धर्मकर्म, तीर्थयात्राको योग। उच्च शिक्षामा सफलता। बिहानको भद्रापछि मात्र ठूलो काम थाल्नु उत्कृष्ट हुनेछ । पारीवारिक भेट हुनेछ ।

image

गोप्य र अनुसन्धानमूलक काममा सफलता। स्वास्थ्यमा पेट र छाला सम्बन्धी समस्या भए ध्यान दिनुहोस्। अचानक धन लाभको सम्भावना।

image

वैवाहिक जीवन सुखद रहनेछ। साझेदारी व्यवसायमा फाइदा। जीवनसाथीको सहयोगले काम बन्नेछ। बेलुका रमाइलोमा समय बित्नेछ। लामो यात्रामा परिनेछ ।मनमा आनन्दको अनुभव हुनेछ ।

~ज्यो.कलानिधी WhatsApp 9803032959