NIMB Long Banner Ad

कोशी प्रदेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

322
shares

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले शुक्रबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

देशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने र केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि कोशी, बागमती र गण्डकीसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले तापक्रम केही घट्न सक्ने जनाउँदै कृषक तथा सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो सूचना लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।