डलरको भाउ १५५ रुपैयाँ नाघ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८३ असोज २३ शुक्रवार ०७:४५
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा कायम हुँदा बेलायती पाउन्डको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ७८ पैसा र सिङ्गापुर डलरको १२१ रुपैयाँ २ पैसा रहेको छ।
साउदी रियालको बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियालको ४२ रुपैयाँ ५७ पैसा र यूएई दिरामको ४२ रुपैयाँ २५ पैसा तोकिएको छ। कुवेती दिनारको बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा र बहराइन दिनारको ४११ रुपैयाँ ४० पैसा रहेको छ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ।














