NIMB Long Banner Ad

श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च दिन निर्देशन

391
shares

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागका अनुसार श्रम ऐनमा भएको व्यवस्थाबमोजिम प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्नेछ।

कतिपय प्रतिष्ठानले चाडपर्व खर्च नदिएको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो। खर्च उपलब्ध नगराएमा श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी दिन सक्नेछन्।