NIMB Long Banner Ad

कांग्रेस महाधिवेशनमा २ हजार ६४४ मत खस्यो

1.15K
shares

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खसेको छ।

मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, मधेशबाट ४२२, बागमतीबाट ४८७, गण्डकीबाट ३३०, लुम्बिनीबाट ३८९ तथा कर्णाली र सुदूरपश्चिमबाट ६०६ मत खसेको छ।

मतदान निर्वाध रूपमा भइरहेको भण्डारीले जानकारी दिनुभयो। महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान गरिरहेका छन्।