दसैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्यो
वि.सं.२०८३ असोज २२ बिहीवार १९:०६
805
shares
shares

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ ।
दसैँ मनाउन उपत्यकामा रहेका नागरिक गाउँघर फर्किन थालेपछि विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् ।
यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । टिकट बुकिङ खुलेसँगै दसैँको मुख्य समयमा यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ ।














