प्रधानमन्त्रीको चासोपछि स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनी सहमत
वि.सं.२०८३ असोज २२ बिहीवार १८:१८
1.31K
shares
shares

काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा हवाई टिकट बिक्री गर्न सहमत भएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा हवाई भाडा बढेको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।
छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने र उक्त भाडादरबारे सम्बन्धित कम्पनीका बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको क्यानका महानिर्देशक मुकेश डङ्गोलले जानकारी दिनुभयो ।














