NIMB Long Banner Ad

एमाले केन्द्रीय कमिटी बैठक, अध्यक्ष ओलीको अनुमतिमा मात्र बोल्न र बाहिर जान पाइने नियम

494
shares

काठमाडौँ। नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुने कार्यसूची छ।

बैठक सुरु गर्दै ओलीले भोलिदेखि मोबाइल प्रयोग र लाइभ गर्न नपाइने तथा अध्यक्षको अनुमतिमा मात्र बोल्न र बाहिर जान पाइने नियम सुनाउनुभएको छ। केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय तोकिएको छ।

ओलीले देशको सार्वभौमसत्तामाथि आक्रमण भइरहेको टिप्पणी गर्दै विरोधीको कुप्रचारको सिकार हुनु पार्टी पङ्क्तिको प्रमुख समस्या रहेको बताउनुभएको छ। बाढी तथा अन्य कारणले ढिलो भएको बैठक अब निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा केन्द्रित हुने बताइएको छ।