NIMB Long Banner Ad

ग्यास पुरानै मूल्यमा बिक्री गर्न उद्योगीलाई आग्रह

364
shares

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले शुक्रबारदेखि पुरानै मूल्यमा ग्यास बिक्री गर्न उद्योगीलाई आग्रह गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमा बिक्री गर्न आग्रह गरेको हो ।

कृष्णभीर खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा उद्योगीले ढुवानी भाडाबापत प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी उपभोक्तासँग लिँदै आएका थिए ।

भदौ १४ गतेदेखि मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा सिलिण्डर रिफिल गरी काठमाडौँमा ग्यास बिक्री हुँदै आएको थियो ।