सरकारी निर्णय प्रक्रिया डिजिटल र छिटोछरितो बनाउने नियमावली स्वीकृत
वि.सं.२०८३ असोज १ बिहीवार १८:३०
1.08K
shares
shares

काठमाण्डौ – सरकारले सरकारी निर्णय प्रक्रियालाई छिटोछरितो र डिजिटल बनाउन ‘सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली २०८३’ स्वीकृत गरेको छ ।
नियमावलीअनुसार फाइल दर्ता भएपछि स्वतः समय गणना सुरु हुनेछ । तोकिएको समयभित्र कारबाही नभए २४ घण्टाभित्र फाइल माथिल्लो तहमा पुग्ने व्यवस्था गरिएको छ ।
सरकारी निकायमा फाइल दर्ता, टिप्पणी, स्वीकृति र डिजिटल हस्ताक्षरलगायत काम एकीकृत विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ । सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट फाइलको प्रगति हेर्न सक्नेछन् ।
मन्त्रिस्तरका निर्णयमा बढीमा तीन तह र सामान्य विषयमा बढीमा दुई तह मात्र रहने व्यवस्था गरिएको छ । निर्णयमा ढिलाइ गर्ने पदाधिकारीलाई विभागीय कारबाही तथा कार्यसम्पादन मूल्याङ्कनमा अङ्क कटौती गरिनेछ ।
















