राजेश हमालले ‘मिट एन्ड ग्रीट’बाट उठेको २१ लाख बाढीपीडितलाई दिने
वि.सं.२०८३ भदौ १७ बुधवार ०६:५३
455
shares
shares

काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन्।
हमालका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सोमबार क्यानबेरामा हमालसँग फ्यानको ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितको राहतका लागि प्रदान गरिएको हो।
यस्तै, सेप्टेम्बर ५ मा क्वीन्सल्यान्डको उत्तरी सहर केन्स र सेप्टेम्बर ९ मा ब्रिसबेनमा आयोजना हुने थप दुई ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित रकमसमेत उद्धार कोषमा प्रदान गर्ने जनाइएको छ।
यी कार्यक्रम ८८४८ मःम हाउसको आयोजनामा भइरहेका छन्, जसमा हमालसमेत सहभागी छन्। हमाल सेप्टेम्बर १० मा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।















