भोटेकोशी बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले दियो ६० लाख
वि.सं.२०८३ भदौ १७ बुधवार ०७:०३
117
shares
shares

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख रुपैयाँ सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा कम्पनीका सञ्चालक शशाङ्क अग्रवाल र कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति थियो।
कम्पनीले विपद्मा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विपद् प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा थप सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।


















