NIMB Long Banner Ad

सुन तोलामा १ हजार ४ सय महँगियो

241
shares

काठमाण्डौ – लगातार १० दिन घटेको सुनको भाउमा फेरि उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ ६ हजार ५ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।