NIMB Long Banner Ad

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

851
shares

काठमाण्डौ – पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार अर्याललाई पक्राउ गरिएको हो । गृह मन्त्रालय स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइँदै गरेको जनाएको छ ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गर्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध पक्राउ अनुमति लिइएको थियो ।

अर्याल मुख्यसचिव बन्नुअघि श्रम मन्त्रालयको सचिव थिए । यस प्रकरणमा करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको ठगी आरोपमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धान भइरहेको छ ।