NIMB Long Banner Ad

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न मन्त्रीको निर्देशन

736
shares

काठमाण्डौ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको अन्तरक्रियामा उहाँले गुणस्तरीय इन्टरनेट र दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले त्यसमा लापरबाही गर्न नहुने बताउनुभयो ।

सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउनेभन्दा उपभोक्तालाई प्रतिबद्धताअनुसारको सेवा दिनुपर्ने उहाँको भनाइ थियो । साथै, कानुन उल्लङ्घन गर्ने कम्पनीमाथि प्रभावकारी कारबाही गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने बक्यौता नतिर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्ति स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो ।