वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल बन्ने
वि.सं.२०८३ मंसिर १० बिहीवार १३:५९
644
shares
shares

काठमाण्डौ – वीर अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी लिफ्टसहितको आकासे पुल निर्माण गरिने भएको छ ।
काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको पुलको बिहीबार कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । पुल निर्माणका लागि ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी लागत लाग्नेछ ।
अस्पतालका निर्देशक डा। विकास नेपालका अनुसार पुलको दुवैतर्फ शय्यासहित बिरामी आवतजावत गर्न मिल्ने लिफ्ट जडान गरिनेछ ।
हाल दुई भवनबीच सडक रहेकाले बिरामीलाई एक भवनबाट अर्कोमा लैजान सडक पार गर्नुपर्ने बाध्यता छ । पुल निर्माणपछि बिरामी, स्वास्थ्यकर्मी तथा अस्पतालका सामग्री ओसारपसार गर्न सहज हुने अस्पतालले जनाएको छ ।
















