NIMB Long Banner Ad

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

690
shares

काठमाण्डौ – नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ ।

काउन्सिलका अनुसार यो व्यवस्था मङ्सिर १५ गतेदेखि लागू हुनेछ । अब सबै प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि प्यान र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, नेपालमा कार्यरत चिकित्सकले गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन कार्यरत संस्थाको पत्र र विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिलबाट जारी प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

गलत विवरण वा कागजात पेस गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने काउन्सिलले जनाएको छ ।