NIMB Long Banner Ad

बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

690
shares

नवलपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय सुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।