विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्ने तयारी, लगानीकर्तासँग आशयपत्र माग
वि.सं.२०८३ मंसिर १० बिहीवार १०:३१
644
shares
shares

काठमाण्डौ – लामो समयदेखि बन्द रहेको देशकै पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ । उद्योग सञ्चालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग ३५ दिनभित्र आशयपत्र माग गरिएको छ ।
सार्वजनिक–निजी साझेदारी मोडेलमा उद्योग सञ्चालन गर्ने योजना रहेको छ । नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले प्रस्ताव पेश गर्न सक्नेछन् भने नेपाली उद्योगीले विदेशी कम्पनीसँग साझेदारी गर्न पाउनेछन् ।
उद्योग आधुनिक प्रविधिसहित सञ्चालन गरी दैनिक १२५ टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ । पूर्ण क्षमतामा सञ्चालन भए पाँच सयभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ ।
















