मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
वि.सं.२०८३ मंसिर १० बिहीवार १०:१६
736
shares
shares

मुस्ताङ – मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रभातफेरी गरी सुरु गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित जोमसोम बजारमा प्रभातफेरी गरिएको हो ।
जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख माया गुरुङले हिंसा अन्त्यका लागि हरेक घरबाट अभियान सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितको संरक्षण, दोषीलाई कारबाही र न्याय सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अभियानअन्तर्गत चार गाउँपालिकाका विद्यार्थी सहभागी भिडियो प्रतियोगिता, सचेतनामूलक कार्यक्रम तथा समुदायमा आधारित गतिविधि सञ्चालन गरिने एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख नीरपति दर्जीले बताउनुभयो ।
















