सुनको मूल्य एकैदिन ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
वि.सं.२०८३ भदौ १७ बुधवार ०६:०५
338
shares
shares

काठमाडौँ। स्थानीय बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कायम भएको छ। मंगलबार यसको मूल्य ४ हजार ७६५ रुपैयाँ थियो।
यसअनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ।

















