२०८३ असोज २८ गते बुधवार तदनुसार १४ अक्टोवर सन् २०२६ को विस्तृत राशिफल
वि.सं.२०८३ असोज २८ बुधवार ०६:००
shares

आज मिति २०८३ शाके संवतः १९४८ तदनुसार १४ अक्टोवर सन् २०२६, पराभवनाम संवत्सर । ऋतुः शरद, अयनः दक्षिणायन, मासः आश्विन शुक्ल दुर्गापक्ष, चतुर्थी तिथि भोलि बिहान १ः१३ बजेसम्म, त्यसपछि पञ्चमी,नक्षत्रः अनुराधा भोलि बिहान करिब ४ः०२ बजेसम्म, त्यसपछि ज्येष्ठा, योगः आयुष्मान रात्री २०ः३९ सम्म, त्यसपछि सौभाग्य, करणः वणिज मध्यान्ह १२ः१७ सम्म, त्यसपछि विष्टि÷भद्रा, चन्द्रमाः वृश्चिक राशिमा, राहुकाल मध्याह्न १२ः०२ देखि १ः३० सम्म, राहुकालकालको समयमा शुभ कार्य गर्नु वर्जित मानिन्छ । आज नवरात्रको चौथो दिन दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
उष्मा’ भनेको तातो वा ऊर्जा र ’अण्ड’ भनेको ब्रह्माण्डको अण्डा (सृष्टि) बुझाउने गर्दछ । आफ्नो मन्द मुस्कानले ब्रह्माण्डको सृष्टि गर्नुभएकी देवीका रूपमा कुष्माण्डा देवीलाई चिनिन्छ । आजको दिनमा यी देवीको आराधनाले आयु, यश, बल र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।
१. पहिलो दिन – शैलपुत्री
२. दोस्रो दिन – ब्रह्मचारिणी
३. तेस्रो दिन – चन्द्रघण्टा
४. चौथो दिन – कुष्माण्डा
५. पाँचौँ दिन – स्कन्दमाता
६. छैटौँ दिन – कात्यायनी
७. सातौँ दिन – कालरात्रि
८. आठौँ दिन – महागौरी
९. नवौँ दिन – सिद्धिदात्री
यसरी नवरात्रको अवसरमा ९ वटा देवीको पुजा आराधना गरी नवदुर्गाको प्रसाद स्वरुप विजया दशमीकोदिन टीका र जमरा धारण गर्ने परम्परा रहँदै आएको छ ।
व्यापारिक तथा व्यावसायिक क्षेत्रमा लाभ मिल्नेछ। रोकिएका कामहरू पुरा गर्न सकिनेछ। पारिवारिक जीवन सुखमय रहनेछ भने स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ।
आर्थिक मामिलामा सावधानी अपनाउनु पर्ने दिन छ। नयाँ लगानी गर्नुअघि राम्ररी विचार गर्नुहोला। सहकर्मीहरूको सहयोगले कार्यक्षेत्रमा केही राहत मिल्नेछ।
विद्यार्थीहरूका लागि बौद्धिक कार्यमा सफलता मिल्ने समय छ। नयाँ योजना र अवसरहरू प्राप्त हुन सक्छन्। साथीभाइको साथ र सहयोगले मन प्रसन्न रहनेछ।
घरपरिवारमा सुखशान्तिको वातावरण रहनेछ। जग्गाजमिन वा पैतृक सम्पत्तिको विषयमा चलिरहेका विवादहरू समाधानतर्फ उन्मुख हुनेछन्। यात्रा गर्दा सावधानी अपनाउनुहोला।
पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान पाइनेछ। रोकिएका कामहरू अगाडि बढ्ने र साथीभाइबाट पूर्ण सहयोग मिल्ने योग छ।
बोलीको प्रभाव बढ्नेछ जसले गर्दा रोकिएका आर्थिक कार्यहरू बन्नेछन्। परिवारसँग रमाइलो समय बिताउने अवसर जुर्नेछ। खानपानमा भने विशेष ध्यान दिनुहोला।
आजको दिन तपाईंका लागि उत्साहजनक रहनेछ। व्यक्तित्वमा निखार आउनेछ र नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। दाम्पत्य जीवनमा मिठास छाउनेछ।
खर्चमा केही वृद्धि हुन सक्ने भएकाले आर्थिक योजनामा ध्यान दिनुहोला। अनावश्यक वादविवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ। स्वास्थ्य प्रति सचेत रहनुपर्ने दिन छ।
आयस्रोतमा वृद्धि हुनेछ। व्यापार-व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ। आफन्त तथा साथीभाइको सहयोगले अपूरा कामहरू सम्पन्न हुनेछन्।
पेसागत जीवनमा जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको प्रशंसा पाइनेछ। सामाजिक प्रतिष्ठा र मान-सम्मानमा वृद्धि हुने योग छ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूप्रति रुचि बढ्नेछ। लामो दूरीको लाभदायक यात्राको सम्भावना रहेको छ।
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले सतर्कता अपनाउनुहोला। गोप्य शत्रุกूलबाट सावधान रहनुपर्नेछ। आकस्मिक लाभको सम्भावना भने रहनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























