नवरात्रको चौथो दिन कुष्माण्डा देवीको दर्शन र पूजाआराधना
वि.सं.२०८३ असोज २८ बुधवार ०८:३५
851
shares
shares

काठमाडौँ । नवरात्रको चौथो दिन आज नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
हरेक वर्ष असोज शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने शास्त्रीय परम्परा छ। नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवसरमा देशभरका शक्तिपीठमा पूजाआजा तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ।

















