तनहुँका मुख्य नाकामा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
वि.सं.२०८३ असोज २८ बुधवार ०८:५१
1.13K
shares
shares

तनहुँ – चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक सुरक्षा जाँच सुरु गरेको छ।
प्रहरीले पृथ्वीराजमार्गअन्तर्गत कोत्रे बजार, मुग्लिन पुल क्षेत्रलगायत जिल्लाका मुख्य नाका र संवेदनशील क्षेत्रमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
यात्रुको सुरक्षा र सहजताका लागि दमौली, भिमाद, बेलचौतारा, डुम्रे, आँबुखैरेनी र पूर्कोटमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।














