NIMB Long Banner Ad

रसुवा–केरुङ बाढीअघि लाङटाङ लिरुङको भीरमा ४० सेन्टिमिटर विस्थापन

621
shares

काठमाण्डौ – रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) को प्रारम्भिक अध्ययनअनुसार भू–उपग्रहबाट प्राप्त तथ्याङ्कले यस्तो विस्थापन देखाएको हो ।

अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । यसबाट चट्टान, बरफ, पानी र गेग्रानसहितको तीव्र बाढी उत्पन्न भएको थियो ।

ईसीमोडले यो घटनालाई हिमताल विस्फोटजन्य बाढी नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेको छ । अध्ययनले भू–उपग्रहबाट जोखिमयुक्त भीर पहिचान गर्न सकिए पनि पहिरो वा चट्टान खस्ने ठ्याक्कै समय पूर्वानुमान गर्न नसकिने जनाएको छ ।

चट्टान र बरफ खस्ने घटना भदौ १० गते बिहान ८:३७ बजे भएको र त्यसबाट उत्पन्न बाढी झण्डै सात मिनेटमै सीमावर्ती क्षेत्रमा पुगेको अध्ययनमा उल्लेख छ ।